महेन्द्रनगरमा सिभिल बैंक

काठमाडौँ । सिभिल बैंकले कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५औँ शाखा संचालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घघाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरेका हुन् । हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरिएको थियो ।

नेपालभर ११५ शाखाहरू गुणस्तरीय सेवा प्रदान गर्न कटिबद्ध रहेको तथा हाल विश्वव्यापी रुपमा व्याप्त कोरोना महामारीको विषम परिस्थितिमा बजारमा प्रदान गरिएको ब्याजदर भन्दा सिभिल बैंकले सर्वाधिक ब्याजदर प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

बैंकले हालसम्म करिब ६ लाख ग्राहकहरूलाई ११५ शाखाहरू, १० एक्सटेन्सन काउन्टरहरु तथा ८६ एटियमहरूमार्फत् सम्पुर्ण बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्दै करिब ९२ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ८५ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eighteen =