नबिल बैंकले ल्यायो क्यास मेशिन

काठमाडौं । नबिल बैंकले नबिल क्यास मेशिन जारी गरेको छ । बैकले एटिएममार्फत रकम झिक्ने र रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको बैंकले जनाएको छ ।

यस प्रविधि नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको जनाएको छ । अब ग्राहकहरुले मेशिनमा एक हजार ५ सय र १ सयको नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा ९९ हजार ९०० जम्मा गर्न सक्ने छन् ।

साथै यसमार्फत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने बैंकले जनाएको छ । बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु मार्फत सेवा दिदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *