प्रिन्सिपल ढकाललाई उत्कृष्ट शैक्षिक अवार्ड

काठमाडौं ।  युरेसियन स्कुलका  प्रिन्सिपल रिंकु ढकाल उत्कृष्ट शैक्षिक अवार्डबाट सम्मानित भएकि छन् । प्रिन्सिपल ढकाललाई बोस्टर मिडियाले काठमाडौँमा  एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

ढकाललाई नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले अवार्ड प्रदान गरेर सम्मान गरेका हुन् ।

कोभिड महामारीका बीच प्रविधिको उच्चतम प्रयोगमार्फत् ढकालले बालबालिकालाई कसरी सिकाउन सकिन्छ भन्ने विषयमा निरन्तर खोज तथा अभ्यास गरेको तथा घोकाएर भन्दा खेलाएर, फकाएर र देखाएर सिकाउन विभिन्न रचनात्मक प्रयोग गरेको र ती प्रयोगहरूको प्रभाव राम्रो पाइएकाले सम्मान गरिएको बोस्टर मिडियाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *