क्यानडाले १०० नेपालीलाई काबुलबाट उद्धार गरेर काठमाडौं पठायो
२०७८ भदौ २ गते

काठमाडौं । क्यानडाले १०० नेपालीलाई अफगानिस्तानको राजधानी काबुलबाट उद्धार गरेको छ । त्यसपछि उनीहरुलाई काठमाडौं पठाइसकिएको क्यानडेली सञ्चारमाध्यम द ग्लोब एण्ड मेलले जनाएको छ । ‘अहिले उनीहरुलाई काबुलबाट उद्धार गरिसकिएको छ । उनीहरुले काठमाडौं प्रस्थान गरेका छन्,’ समाचारमा भनिएको छ।
क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोको भनाइ उद्धृत गर्दै ग्लोब एण्ड मेललले लेखेअनुसार गोर्खालीहरु क्यानडा सरकारको विशेष अद्यागमन कार्यक्रममा समावेश नभएको तथा अफगानी नागरिक पनि नभएकाले त्यहाँबाट उद्धार गरिएको हो । ‘गोर्खालीले हामीलाई सहयोग गरेका छन्, यसकारण कम्पनीसँग मिलेर हामीले उद्धारको काम गरिरहेका छौँ,’ प्रधानमन्त्री जस्टिनले भनेका छन् ।
क्यानडाले केही कूटनीतिज्ञबाहेक अन्य सबैलाई मंगलबारसम्म काबुलबाट उद्धार गरेको हो ।
२०७८ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित








