पाटन दरबार क्षेत्रमा बिना मास्क प्रवेश निषेध

काठमाडौँ । विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका-१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिना मास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले दरबार परिसरमा भीड हुने जनाउँदै मङगलबारदेखि सो व्यवस्था गरेको हो ।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, ‘हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिनामास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा वृद्धवृद्धालाई मास्क र स्यानिटाइजरसमेत वितरण गरिरहेका छौँ ।’

मास्क नलगाएका व्यक्तिलाई बोलाएर कोरोनाको ख्याल गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिने गरेको उनले जानकारी दिए । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले कोरोना सङ्क्रमणलाई अन्त्य गर्न जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिए । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =