आमरण अनशनरत चुरे अभियन्ताको स्वास्थ्य बिग्रिँदै

जनकपुरधाम । करिब एक सातादेखि विभिन्न ५ बुँदे माग राख्दै आमरण अनशनमा बसेका चुरे अभियन्ताहरुको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । २८ साउनदेखि जनकपुरस्थित जनक चोकमा आमरण अनशनमा बसेका चुरे अभियन्ताद्वय अमन यादव र रानी रायको स्वास्थ्य अवस्था बिग्रिँदै गएको हो ।

सिरहा मिचैयास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै अनशनकारीहरु आमरण अनशनमा बसेका हुन् । तराई मधेसको लाइफलाइनको रुपमा रहेको चुरे तथा वनजंगल दिन/प्रतिदिन दोहन हुँदै गइरहेकोले आफूहरुले माग पूरा नभएसम्म अनशन कुनै पनि हालतमा नतोड्ने चुरे तथा वनजंगल संरक्षण अभियान धनुषाका संयोजक अमन यादवले बताए ।

यादवले माग पूरा नभएसम्म मरे पनि अनसन नतोड्ने अडान लिएका छन् । उनले सरकारले माग पूरा नगरे अनशनस्थलमै प्राण त्याग्ने अडान राखेका छन् । उनीहरुले चुरे अभियानीमाथि लगाइएको झुठा मुद्दा खारेज हुनुपर्ने, वन नियमावली २०५१ को दफा २२ लाई मिचेर डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले गरेको आर्थिक कार्यक्रमको छानविन हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग अगाडि सारेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *