स्मार्टडोकोले ल्यायो ‘रक्षाबन्धन अफर’

काठमाडौँ । स्मार्टडोकोले ‘रक्षाबन्धन अफर’ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन् । यो अफर अजादेखि सुरु भएर भदौ ५ गतेसम्म लागु हुने कम्पनीले जानकारी दिएको हो ।

साथै आफ्ना दाजुभाइ तथा दिदी बहिनीको फोटो प्रिन्ट भएको एउटा केक पनि जित्न सक्ने स्मार्टडोकोले जनाएको छ । ग्राहकहरुले हिमालयन बैंकको डेवट, क्रेटिड र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (५ सय रुपैयाँ सम्म), साथै माछापुच्छ्रे बैंकको डेविट र क्रेडिड कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (५ सय रुपैयाँसम्म) छुट पाउने कम्पनीले जनाएको छ ।

हालै आइएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी इकमर्स एपमा नम्बर वान बन्न समेत सफल भइसकेको छ । स्मार्ट डोकोले रक्षाबन्धनको अवसरमा आकर्षक उपहार योजना समेत ल्याएको छ । साथै पर्फ्यूम, स्मार्ट वाच, वालेट, कुर्ता, टप्स, ज्वेलरीलगायतका गिफ्ट आइटममा बेस्ट डिल तथा डिस्काउन्ट अन्तर्गत ६० प्रतिशतसम्म छुटको अफर ल्याएको कम्पनीले जनाएको छ ।

ग्राहकहरुले अफर प्राप्त गर्नका लागि स्मार्टडोको एप डाउनलोड गर्नुपर्ने हुनेछ वा स्मार्टडोको वेबसाईटमा गई अर्डर गर्नु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *