अस्पताल लगिदिन हार-गुहार गर्दागर्दै नाकामै गयो प्राण

धनगढी । कञ्चनपुरसँग जोडिएको गौरीफन्टा नाकामा मंगलबार एक नेपालीको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका ५२ वर्षीय खडकबहादुर शाहको गौरीफन्टा नाकास्थित पिपल चौतारीमा मृत्यु भएको डोकेबजार प्रहरीले जनाएको छ ।

उनले आफू गड्डाचौकी नाका हुँदै भारतको खटिएमामा उपचार गर्न गएको र मंगलबार गौरीफन्टा नाका हुँदै फर्किएको बताएका थिए । तर उनी खटिएमा कहिले गएका थिए भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

पिलचौतारमा सुतिरहेको देखिएपछि प्रहरीले उनलाई सोधपुछ गरेको र सोधपुछका क्रममा उनले आफू बिरामी भएको र अस्पताल लगिदिन प्रहरीलाई आग्रह गरेका थिए । उनको आग्रहपछि प्रहरीले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा खबर गरेर एम्बुलेन्स मगाउँदै गर्दा उनले सोही ठाउँमा प्राण त्यागेको प्रहरीले जनाएको छ । यसबारे प्रहरीले भर्खरै उनको परिवारलाई खबर गरेको  पनि जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *