मंगलबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

मंगलबार छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेकाे छ ।

मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ रहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोलाको मुल्य १ हजार २१० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *