संसद्मा प्रश्नः

‘अफगानिस्तानको घटनाबारे सरकारको धारणा के ?’

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले अफगानिस्तानमा विकसित राजनीतिक संकटप्रति नेपाल सरकारले कुनै दृष्टिकोण लिन नसकेको र आफ्ना नागरिकको उद्धारका लागि पहल नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।  सोमबार (आज) बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बाँस्कोटाले यस्तो बताएका हुन् । ‘हामी सार्कको अध्यक्षता गरिरहेको राष्ट्र हौं,’ बाँस्कोटाले भने, ‘त्यसमाथि परमादेशबाट बनेको कम्फर्टेबल सरकार छ । तर, दुनियाँभर मादल बज्दा पनि यो सरकार ब्युँझिएन । उसले केही थाहा पाएन ।’

एक दक्षिण एसियाली राष्ट्रमा संकट उत्पन्न हुँदा सार्कको अध्यक्ष राष्ट्र मौन बस्नु स्वाभाविक नभएको बाँस्कोटाको तर्क छ । सरकारले ‘एक्सन’ लिनुपर्नेमा त्यसो गर्न नसकेको बाँस्कोटाको आरोप छ । यसप्रकारको गैरजिम्मेवार र उत्तरदायी सरकारको कल्पना नगरिएको भन्दै उनले अफगानिस्ताको घटनालाई लिएर सरकारको दृष्टिकोण संसदमा सार्वजनिक हुनुपर्ने माग गरेका छन् । बाँस्कोटाले भने, ‘कुनै पनि देश यस प्रकारका वैदेशिक हस्तक्षेप कुनै पनि स्वाधीन राष्ट्रका लागि कामयाबी हुँदैनन् । त्यही देशमा बलियो राष्ट्रवादी शक्तिको निर्माण हुनुपर्छ भन्ने पाठ हो यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *