महामारीमा तरुण दलको ‘मास्क लगाऊ’ अभियान
२०७८ साउन ३२ गते

काठमाडौं । नेपाल तरुण दलले ‘मास्क लगाऊ अभियान’ जारी राखेको छ । महामारीमा आफू बच्न र बचाउन मास्कको ठूलो भूमिका रहेको स्मरण गराउँदै दलले मास्क वितरणको कार्यक्रम जारी राखेको हो । यसैअन्तर्गत दलले आइतबार संघीय राजधानी काठमाडौंका विभिन्न चोकहरुमा मास्क वितरण गरेको छ ।
जनचेतनामूलक नारासहित चोकहरुमा खटिएका दलका नेता/कार्यकर्ताहरुले मास्क वितरण गरेका हुन् । आइतबार काठमाडौंको कलंकी चोकलगायतका ठाउँमा मास्क वितरण गरिएको थियो ।

२०७८ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित








