साउनको अन्तिम सोमबार, व्रत समापन गर्दै श्रद्धालु (तस्बिरहरु)

काठमाडौँ । हिन्दु मान्यता अनुसार साउन महिना भगवान् शिवसँग जोडिएको महिना हो । यस महिनामा भगवान् शिवको पूजा गरेमा सबै देवताहरुको पूजा गरे बराबर फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।

यो महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले हिन्दुहरुले विशेष रूपमा लिने गरेका छन् । विशेष गरी साउनको सोमबारमा भगवान् शिवको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनामा निराहर रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको धार्मिक कथन अनुसार विशेषगरी हिन्दु महिलाहरूले यसलाई बढी महत्त्व दिने गरेका छन् ।

यो वर्ष साउनमा ५ वटा सोमबार परेकोले यस झन् विशेष महत्व छ । यो महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दु पुराणहरूमा मुख्य तीन थरी व्रतको चर्चा पाइन्छ । साउने सोमबार, सोह्र सोमबार र सोम प्रदोष । अरुबारको तुलनामा साउनको सोमबार व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

हेरौं, साउनको अन्तिम सोमबार दृश्‍य :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *