अफगान राष्ट्रपतिले छाडे देश‚ ताजकिस्तान पुगेको दाबी

काठमाडौँ । अफगानिस्तानका विद्रोही समूह तालिबानका लडाकू राजधानी काबुल प्रवेश गरेसँगै अफगानी राष्ट्रपति असरफ घानीले देश छोडेका छन् ।

तालिबानसँग वार्ता गरेर शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने चर्चा आइरहेका बेला घानी छिमेकी देश गएको बीबीसीले जनाएको छ ।

अफगान राष्ट्रपति कार्यालयलाई उद्धृत  गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले सुरक्षाको जोखिमका कारण प्रतिक्रिया नदिने बताएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 2 =