सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल घोषणा

काठमाडौँ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेको सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल घोषणा गरिएको छ ।

सनराइज बैंक लिमिटेडबाट प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले फर्स्ट म्युचुअल फन्डका इकाईधनीहरूलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ का लागि फन्डका इकाईधनीहरूलाई करसहित ५०% का दरले हुन आउने ४३ करोड रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

इकाईधनी दर्ता किताब बन्द हुनेसम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *