चितवनमा बीआईडी चित्रकला प्रतियोगिता सम्पन्न

काठमाडौँ । ‘कलाको सम्मान‚ हाम्रो अभियान’ सन्देशअन्तर्गत चितवनको भरतपुरमा प्रथम खुल्ला बीआईडी चित्रकला प्रतियोगिता, २०७८ सम्पन्न भएको छ । होटल ग्लोबलमा आयोजना भएको प्रतियोगितामा २२ जना चित्रकारले तीन घण्टाको समयावधिमा विभिन्न विषयमा चित्र बनाएका थिए ।

जसमा चित्रकार युकेश सुनारले प्रथम, स्वस्तिका ढकालले द्वितीय, हिमाल श्रेष्ठले तृतीय र अन्जु गुरुङले प्रोत्साहन पुरस्कार प्राप्त गरे ।

बाल्ल आर्टले प्रायोजन गरेको उक्त कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कारस्वरुप क्रमश: पाँच हजार, तीन हजार, दुई हजार र एक हजारसहित मेडल र प्रमाण पत्र उपलब्ध गराइएको थियो । चित्रकलाको निर्णायकमा कलाकारहरू भीम शर्मा, तम पुन, प्रकाश थापा र डि बराल थिए ।

कार्यक्रममा कलाकार भीम शर्माले यस्ता कार्यक्रमले कलाको विकास र सम्बर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए ।

कलाकार एवम् कवि गोविन्दराज विनोदी प्रमुख अतिथी रहेको कार्यक्रमको सभाध्यक्षता कवि ईश्वर कँडेलले गरेका थिए । प्रमुख अतिथि गोविन्दराज विनोदले कला र साहित्यको विकासमा समर्पित यो संस्था चितवनको पहिलो संस्था भएको र यसको सकारात्मक प्रभाव कालान्तरसम्म रहने विश्वास रहेको बताए भने कार्यक्रमका संयोजक साहित्यकार भूपिनले यो कार्यक्रम हरेक वर्ष गर्ने योजना भएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *