तेस्रो वार्षिकोत्सव मनाउँदै निमा एकेडेमी

निमा एकेडेमीको स्थापना भएको तीन वर्ष पूरा भएको छ । सन् २०१८ मा स्थापना भएको निमा एकेडेमीले नेपालको शिक्षालाई डिजिटाइज गर्ने काम गरिरहेको छ ।

आफ्नो वार्षिकोत्सवको अवसरमा निमा एकेडेमीले कार्यक्रम आयोजना गरेको थियो । शनिबार आफ्ना कर्मचारीहरुलाई आफ्नो योगदानको लागि स-धन्यवाद स्वरूप उपहार प्रदान गर्ने कार्यक्रम पनि रहेको थियो ।

यी तीन वर्षमा निमा एकेडेमीले शिक्षा क्षेत्रमा फड्को मारेको उल्लेख गर्दै शिक्षा प्रणालीलाई आधुनिकीकरण गर्दै त्यसमा डिजिटल छाप छोड्न निमाएकेडेमी धेरै हदसम्म सफल भएको एकेडेमीले जनाएको छ ।

सुरुमा ई-शिक्षा प्रणालीको बारेमा केहि नबुझ्नेले पनि अहिले अनलाइन कक्षा र ई-शिक्षाको बारेमा राम्रोसँग बुझेको भन्दै कोरोना महामारीको कारण ई-शिक्षाको महत्व झन् बढी चुलिएको एकेडेमीले उल्लेख गरेको छ । निमा एकेडेमीसँग अहिले १५० भन्दा धेरै विद्यालयहरू जोडिएका छन् ।

हाल एकेडेमीमा पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि कक्षा १० सम्मका शिक्षण सामाग्रीहरू पाइन्छ र आउँदा दिनहरूका लागि कक्षा ११, १२ र त्यसभन्दा माथिका कोर्सहरू पनि राख्ने तयारी गरिएको छ । साथै एकेडेमीले विस्टिम र लेट्स रिड एशियाका शैक्षिक सामग्री तथा कोर्सहरू पनि आफ्नो वेबसाइट र एपमा निःशुल्क उपलब्ध गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *