बीसी मल्ल पुरस्कार वरिष्ठ अधिवक्ता भण्डारीलाई दिइने

काठमाडौँ । पूर्वराजदूत तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक वासुदेवचन्द्र (बीसी) मल्लको सम्झनामा स्थापित पुरस्कारबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मानित गरिने भएको छ ।

मल्लको २४ औँ स्मृति दिवसको अवसर पारेर बीसी मल्ल प्रतिष्ठानले पुरस्कार घोषणा गरेको हो । कोभिडको जोखिमका कारण पुरस्कार वितरण भने पछि गरिने प्रतिष्ठानका महासचिव प्रा. प्रकाशसिंह प्रधानले जानकारी दिए । पुरस्कारको राशी ११ हजार १ रुपैयाँ रहेको छ ।

यसैबीच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार अगाडि रहेको उनको शालिकमा माल्यार्पण गरी उनीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको त्रिविका उपप्राध्यापक सुष्मितमा गौतमले जानकारी दिइन् ।

राजनीतिशास्त्रका प्राध्यापक मल्ल २००७ सालका प्रजातन्त्र सेनानी तथा चीनका लागि पूर्वराजदूत समेत हुन् । मल्ल सन् १९९० मे २५ मा त्रिविका उपकुलपति भएका थिए । मल्ल उनी नेपाल प्राध्यापक संघका संस्थापक अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *