कमला नदिमा बाढी धनुषा, सिराहालगायत क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । कमला नदिमा पानीको सतह  बढेकाले धनुषा, सिराहालगायत तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर आइतबार बिहान ११:३० बजे सिन्धुली जिल्लास्थित कमला नदी,रानीबास जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र जल सतह बढ्दो क्रममा रहेकोले धनुषा, सिराहालगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रमा आइतबार रातीसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *