भारतमा ७५औँ स्वतन्त्रता दिवस मनाइँदै

अंग्रेजको शासनबाट भारत आज स्वतन्त्र भएको दिन, भारतभर ७५औं स्वतन्त्रता दिवस मनाइँदैछ । भारत सरकारले आजको दिनलाई स्वतन्त्रताको अमृत महोत्सव’का रूपमा मनाउने निर्णय गरेको हो ।
स्वतन्त्रता दिवसको अवसरमा देशभर खुशीयाली र महोत्सव हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विभिन्न ठाउँमा मन्त्रालय, राज्य सरकार, सैन्य बल, प्रशासनिक निकाय र जनस्तरमा स्वतन्त्रता दिवसको कार्यक्रम हुने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मादीले बिहानै सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन् । उनले राजघाट पुगेर महात्मा गान्धीको समाधिमा फूल चढाएर त्यसलाई परिक्रमा गरेका छन् । केही बेरमा प्रधानमन्त्री मोदीले लालकिल्लामा झण्डा फहराउँदै देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
Greetings to you all on Independence Day.
आप सभी को 75वें स्वतंत्रता दिवस की बहुत-बहुत बधाई। आजादी के अमृत महोत्सव का यह वर्ष देशवासियों में नई ऊर्जा और नवचेतना का संचार करे।
जय हिंद! #IndiaIndependenceDay
— Narendra Modi (@narendramodi) August 15, 2021
७५औं स्वतन्त्रता दिवस मनाउन प्रधानमन्त्री मोदीले मार्च २०२१ मा गुजरातको अहमदाबादस्थित साबरमती आश्रमबाट ‘स्वतन्त्रताको अमृत महोत्सव’ शुरू गरेका थिए । महोत्सव १५ अगस्त २०२३ सम्म चल्ने जनाइएको छ ।








