नेपाल टेलिकमको नाफा घट्यो

काठमाडौं । नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीले गत असार मसान्तसम्ममा ७ अर्ब ४५ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.५४ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ थियो । बिक्री आम्दानी बढेपनि अन्य आम्दानी घटेको कारण खुद नाफा घट्न पुगेको बैकले जनाएको छ ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३.७१ प्रतिशत बढेको छ भने अन्य आम्दानी ३१.४६ प्रतिशत घटेको छ । जसले गर्दा कम्पनीको कुल आम्दानी ३.१४ प्रतिशत घट्न पुगेको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोष भने ६.२० प्रतिशत बढेको छ ।

कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ६४ रुपैयाँ ९९ पैसा रहेको कम्पनीको यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४९ रुपैयाँ ६९ पैसामा झरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *