पूर्णपाठ

सर्वोच्चको आदेश- अशक्तलाई घरमै खोप लगाऊ

काठमाडौं । सर्वाेच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका र दृष्टिविहीनलगायत दीर्घरोगीहरुलाई घर–घरमै गएर खोप सेवा उपलब्ध गराउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले अधिवक्ता प्रवेश केसीको रिटमाथि सुनुवाइ गर्दै शुक्रबार (आज) यो प्रकृतिको आदेश दिएको हो । अदालतले अशक्त, अपाङ्ग र दीर्घरोगी तथा थला परेकाहरुको वडास्तरबाट लगत संकलन गरी घर–घरमै खोप सेवा उपलब्ध गराउन आदेश जारी गरेको हो ।

संविधानले दिएको मौलिक हक कार्यन्वयनका सन्दर्भमा अदालतले यस्तो आदेश दिएको हो ।

पूर्णपाठ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *