विराटनगरमा बन्यो ३७ लाखको शौचालय

विराटनगर । विराटनगर बसपार्कमा सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण भएको छ । विराटनगर बसपार्क व्यवस्थापन समितिको पहलमा शौचालय निर्माण भएको हो । २७ लाख ५३ हजारको लागतमा निर्माण भएको शौचालयको शुक्रबार विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले उद्घाटन गरे ।

विराटनगर महानगरपापलिकाले यसरी धेरै सार्वजनिक शौचालय बनाउने योजना रहेको स्पष्ट पारे । विराटनगरका मुख्य चोकहरूमा सार्वजनिक शौचालय नभएको गुनासो नागरिकस्तरबाट आउने गरेकाले योजनाबद्ध रुपमा काम भइरहेको मेयर पराजुलीले बताए । शौचालयको उद्घाटनका लागि वडा नम्बर ११ का वडाअध्यक्ष तिर्थेन्द्र न्यौपाने, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत पनि पुगेका थिए ।

नगर रक्षक प्रमुख राजन पौडेल, पत्रकार यज्ञ शर्मा, राजेन्द्र ढकाल, टोल विकासका पूर्वअध्यक्ष खगेन्द्र निरौला, ज्येष्ठ नागरिक प्रदेश समितिका सचिव यज्ञेश्वर निरौलाको उपस्थिति थियो । मजदुर संघका बाबुराम कट्टेल, स्वतन्त्र मजदुर संघका भीम अधिकारी, टोल विकास संस्थाका पदाधिकारीसहित यातायात व्यवसायी, मजदुरहरूको उपस्थिति थियो ।

बसपार्क बनेको दुई वर्षभन्दा बढी भइसकेको अवस्थामा शौचालय बनेको थिएन । बसपार्कको नयाँ टर्मिनल भवनभित्र कार्यालयको प्रयोजनको लागि शौचालन निर्माण भएपनि नागरिकले खुल्ला ठाउँमा शौच गर्नुपर्ने बाध्यता थियो ।

नागरिकको बाध्यतालाई मध्यनजर राख्दै महानगरपालिकाको सहयोगमा बसपार्क व्यवस्थापन समिति, सार्वजनिक शौचालय उपभोक्ता समितिका सचिव उत्तमबहादुर चौलागाईँले जानकारी दिए । महानगरपालिकाको सहकार्यमा निर्माण भएको शौचालय अपाङ्गमैत्री, पुरुष र महिलाको लागि छुट्टाछुट्टै बनाइएको उनले बताए । यो शौचालयमा जाने जो कोहीले निःशुल्क भने शौच गर्न नपाउने समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *