लुम्बिनी प्रदेश : ६ सदस्यीय मन्त्रिमण्डल बन्दै, ३ जना बिनाविभागीय
२०७८ साउन २८ गते

काठमाडौँ । लुम्बिनी प्रदेशमा ६ सदस्यीय मन्त्रिमण्डल गठन हुने भएको छ । ‘६ सदस्यीय मन्त्रिमण्डल गठन हुँदैछ,’ नेपाली कांग्रेस, लुम्बिनी प्रदेशका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाकाले भने, ‘आजै शपथ ग्रहण हुन्छ ।’
कनौडियाका अनुसार कांग्रेसबाट डिल्ली चौधरी ग्रामीण तथा शहरी विकासमन्त्री बन्नेछन् भने माओवादीबाट कृष्णध्वज खड्का मन्त्री बन्दैछन् । यस्तै जसपाबाट भने तीनैजना सांसद मन्त्री बन्दैछन् ।
सरकारमा संसदीय दलका नेता सहसराम यादवको नेतृत्वमा सुमन शर्मा रायमाझी र पुर्मती ढेंगा मन्त्री बन्दैछन् । यादव भौतिक पूर्वाधारमन्त्री बन्नेछन् । ‘उहाँहरू तीनैजना मन्त्री बन्दै हुनुहुन्छ,’ कनौडियाले भने, ‘अरुचाहिँ बिनाविभागीय मन्त्री बन्दै हुनुहुन्छ ।’
२०७८ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित








