ईसेवाले ल्यायो शिक्षित युवा, समृद्ध भविष्य योजना

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले एसईई उत्तीर्ण भएका विद्यार्थीहरूलाई मध्यनजर गर्दै ‘शिक्षित युवा, समृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ ।

यस योजनामा ५ सयभन्दा बढी विद्यार्थीहरूले उच्च शिक्षाका लागि छात्रवृत्ति प्राप्त गर्ने ईसेवाले जनाएको छ । यो योजना आगामी भाद्र १५ गतेसम्म सञ्चालन हुनेछ ।

छात्रवृत्ति विद्यार्थीले छानेका कलेजअनुसार भर्ना शुल्क तथा मासिक शुल्कमा प्राप्त गर्न सकिने ईसेवाले जनाएको छ ।

विद्यार्थीहरूले जेभियर ईन्टरनेशनल, प्रिमियर कलेज, विद्याशंकर, ट्रिटन कलेज र टेक्सास ईन्टरनेशनल कलेज, विराटनगरका बाल कल्याण विद्या मन्दिर र लर्ड बुद्ध सेकेन्डरी स्कूलमा छात्रवृत्ति प्राप्त गर्नेछन् । ईसेवामार्फत आवेदन दिनेले मात्र छात्रवृतिको अवसर प्राप्त ईसेवाले जनाएको छ ।

छात्रवृत्तिका लागि विद्यार्थीहरूले इसेवा मोबाईल एप तथा वेभमार्फत् ईसेवा स्कलरसीप अप्सनमा गई आवेदन दिन सकिनेछ । छात्रवृत्तिका लागि विद्यार्थीहरूले ३० रुपैयाँ भुक्तानी गर्नुपर्ने ईसेवाले जनाएको छ ।

यो रकम योजना सकिएपछि विद्यार्थीको ईसेवा आइडी रहेको नम्बरमा टपअप हुनेछ । छात्रवृत्तिमा समावेश भएका विद्यार्थीले छात्रवृति दाबी गर्नका लागि आफ्नो एसईई पास भएको कागजात पेश गर्नुपर्नेछ ।

हाल ईसेवाका देशभर करिब एक लाख ३० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल ईसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *