पत्रकार विष्टको निधनप्रति महासंघद्वारा दु:ख व्यक्त

कोरोनाबाट अहिलेसम्म २१ जना पत्रकारको निधन

काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकार मनोज विष्टको निधनप्रति दु:ख व्यक्त गरेको छ ।  कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौँको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचाररत पत्रकार विष्टको उपचारकै क्रममा साउन २३ गते निधन भएको घटनाले महासंघ स्तब्ध बनेको महासंघका महासचवि राेसन पुरीले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

उज्यालो रेडियो नेटवर्कसहित विभिन्न सञ्चारमाध्यममा लामो समय पत्रकारितामा क्रियाशील विष्टको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु पत्रकार गुमाएको भन्दै महासंघले शोकको घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित समवेदना व्यक्त गरेको छ ।

कोरोनाका कारण हालसम्म २१ जना पत्रकारको निधन भएको महासंघले जनाएको छ ।

अहिलेसम्म १ हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् । कोरोना संक्रमणको चुनौतीपूर्ण अहिलेको अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपील गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nine =