तास खेल्ने १३ जना पक्राउ

पोखरा । पोखरामा तास खेलिरहेको अवस्थामा ७ जना महिलासहित १३ जना पक्राउ परेका छन् । पोखरा १० उत्तमचोकस्थित सरु गुरुङको घरबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
तास खेलेको गोप्य सूचना पाएपछि प्रहरीले सरुको घरमा छापा मारेको थियो । उनीहरुको साथबाट नगद ३ लाख ५१ हजार ५४० रुपैयाँ र ४ बुक तास बरामद भएको छ ।
पक्राउ पर्नेहरुमा पोखरा १० कि सरु गुरुङ, सुरेन्द्र गुरुङ, श्रीकुमारी गुरुङ, पोखरा १५ का मनबहादुर क्षेत्री, कमला मगर, भुपेन गुरुङ, हीरा थापा, राममाया गुरुङ छन् ।
यस्तै, पोखरा १७ का थमनसिंह गुरुङ, हर्कबहादुर थापा मगर, पोखरा १४ का सन्जेव गुरुङ, पोखरा ८ की कृष्णा गुरुङ, पोखरा १३ की माया तामाङ पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई सार्वजनिक हितविपरीतको मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रवक्ता डीएसपी सुवास हमालले बताए ।








