६५ वर्षबाट वृद्धभत्ता दिने व्यवस्था गर्न सांसद लामाको माग

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले ६५ वर्षबाट वृद्धभत्ता दिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

‘ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्‍यो । हामीहरू यहाँ (शहर) बसेकाको त उपचार गर्न सक्दैनौँ । पहाडमा बस्नेले उपचार कसरी पाउँछ ? त्यसकारण ६५ वर्षबाट वृद्धभत्ता दिने व्यवस्था गर्नुपर्‍यो‚’ सांसद लामाले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *