‘पहिलेको सरकारले हनुमान मात्रै देख्यो, अहिलेको सरकारले कुलमान मात्रै देख्यो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )का नेता तथा प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले सरकारप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार (आज) बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै महतले सरकारप्रति असन्तुष्टि जनाएका हुन् । ‘पहिलेको सरकारले हनुमान मात्रै देख्यो,’ महतले भने, ‘अहिलेको सरकारले कुलमान मात्रै देख्यो ।’

महतले कुलमान बूढो भएपछि सरकारले के गर्छ ? भनेर प्रश्नसमेत गरेका छन् । सरकारले हनुमान र कुलमान मात्रै देख्नु सिङ्गो देशका लागि फाइदाजनक नभएको महतको भनाइ थियो । ‘एउटा सरकारले हनुमानबाहेक अरु नदेख्ने, अर्को सरकारले कुलमानबाहेक अरु नदेख्ने,’ महतले भने, ‘हुन त मैले कुलामानलाई हनुमानसँग दाँजेको होइन । हनुमानले हाम्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धुजाधुजा पारे । तर, कुलमानले विद्युत् प्राधिकरणलाई नाफामै लगेका छन्, राम्रै काम गरेका छन् । तर, के कुलमानबाहेक अरु छैनन् त ? किन खाली कुलमान  नै चाहिने ? कुलमान बूढो भएपछि के गर्छ त सरकार ? किन कुलमानलाई मात्रै देख्छ सरकार ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *