पोको एम-३ प्रोले नेपालमा डेब्यू गर्दै

काठमाडौँ । पोको एक इन्डस्ट्री रिडिफाइनिङ स्मार्टफोन ब्रान्डले आजपोको एम-३ प्रो ५ जीलाई नेपालमा लन्च गरेको छ ।

सबैका लागि पहुँचयोग्य फाईभजीको मोडेल प्रदान गर्दै पोको एम- ३ प्रो डुअल फाईभजी सपोर्टको साथ आउने कम्पनीले जनाएको छ । एक इमर्सिभ ९० हर्ट्जको फूल हाई डेफिनिसन डिस्प्ले र फ्ल्यागसिप लेभलको ७ न्यानोमिटर एफिसियन्सी प्रदान गर्नेसमेत कम्पनीले जनाएको छ ।

‘म्याड स्पीड, किलर लूक्स’को ट्यागलाइनका साथ पोको एम-३ प्रोले एड्भान्स्ड टेक्नोलोजी र ट्रेन्डसेटिङ डिजाइनको संयोजनलाई बोकेको कम्पनीले जनाएको छ ।

१६.५१ सेन्टिमिटर(६.५)को स्वीनका साथ फूलहाई डेफिनिसनको सिनेम्याटिक एक्सपेरियन्स प्रदान गर्दै पोको एम-३ प्रो स्मार्ट डाइन्यामिक डिस्प्ले र ९० हर्ट्जको रियालिटी फ्लोका साथ आउने कम्पनीले जनाएको छ ।

पोको एम-३ प्रोले ५००० एमएएच ब्याट्रीको फिचर गर्दछ‚ जसले प्रयोगकर्ताहरूलाई घण्टौँको लागि अडियो‚ भिजुअल मनोरञ्जन प्रदान गर्ने कम्पनीले जनाएको छ । यो तीनवटा रंगको भेरियन्टमा यल्लो, पावर ब्ल्याक र कूल ब्लूमा उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *