राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडबीच बैंकिङ तालिम संचालनसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात गत वर्ष जस्तै चालु आ.ब. २०७८/०७९ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिका लागि नेसनल बैंकिङ इन्स्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम प्रदान गर्ने बैंकले जनाएको छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्न नियमित रुपमा कर्मचारीहरूलाई तालिम दिइरहेको बताउँदै तालिमले बढिरहेको जोखिमको सामना गर्न सघाउ पुगेको बताए ।

इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले यो क्षेत्रमा भएको ज्ञानको कमीलाई पूरा गरेको बताए।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय, २०९ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *