महालक्ष्मी बाल बचत बीमा योजना

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले महालक्ष्मी बाल बचत बीमा योजना सार्वजनिक गरेको छ । बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले बीमा योजना बिक्रि वितरणको लागि सुभारम्भ गरेका हुन् ।

यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको इन्स्योरेन्सले जनाएको छ । बच्चा जन्मेको १ महिनादेखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगे पछि ३५ वर्ष नपुग्दासम्मको अवधि राखेर ५ देखि २५ वर्षका लागि गर्न सकिने जनाएको छ ।

साथै बच्चा बालिग भइसकेपछि बीमा लेखको अख्तियार पूर्ण रुपमा हस्तान्तरण हुने इन्स्योरेन्सले जनाएको छ । यस योजना अन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविश्य निर्माणको लागि बीमाङ्क रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ ।

कुनै कारणवस बीमा चालु अवस्थामा बिमितको मृत्यु भएमा तत्कालै २५ प्रतिशत बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५ प्रतिशत बीमाङ्क रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *