रवीन्द्र भट्टराई र भिमार्जुन आचार्यका पुस्तक सर्वोत्कृष्ट

काठमाडौँ । रवीन्द्र भट्टराई र संविधानविद् भिमार्जुन आचार्यका पुस्तक सर्वोत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत भएका छन् । नेपाल कानुन व्यवसायी परिषद्को २८ औं परिषद् दिवसमा आयोजित कार्यक्रममा भट्टराई र आचार्य पुरस्कृत भएका हुन् ।

भट्टराईद्वारा लिखित ‘अफेन्डिङ एन्ड भिक्टिम्याइजेसन’ न्याय र कानुनसम्बन्धी २०७७–७८ वर्षको सर्वोत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत भएको हो । पुस्तकमा फौजदारी न्यायको अवधारणा, अपराधशास्त्र र पीडित न्यायशास्त्रको अवधारणा तथा विकसित सिद्धान्तहरूको विस्तृत विवेचना छ ।

यस्तै आचार्यको पुस्तक ‘कन्सेप्ट अफ जुडिसियल रिभ्यू’लाई पनि सर्वोत्कृष्ट पुस्तकबाट पुरस्कृत गरिएको हो पुस्तकमा नेपालको संवैधानिक इतिहास, न्यायपालिका र यसको विगत, १० सालदेखि हालसम्म न्यायलय र सर्वोच्च अदालतले गरेका महत्वपूर्ण फैसलाहरुको समिक्षा समेटिएको छ ।

दुवै लेखकलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पुरस्कृत गरेका थिए । समारोहमा सम्बोधन गर्दै प्रधानन्यायाधीश राणाले न्यायलयमा बसेर न्याय सम्पादन गर्दा आफूले कुनै पनि दबाब र प्रभावमा परेर फैसला नगरेको बताए । काननु, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानुन भाषा र किताबमा मात्र नभएर व्यवहारमा उर्तानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *