प्रवेश पत्रका आधारमा परिक्षार्थीले खोप लगाउन पाउने

काठमाडौँ । प्रवेश पत्रका आधारमा परिक्षार्थीहरूले कोभिड-१९ विरुद्धको  खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले बुधबार सूचना जारी गरी त्रिविलगायत विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउन पाउने व्यवस्था मिलाएको जनाएको छ ।

मन्त्रालयले जिल्ला खोप समन्वय तथा अनुगमन समितिबाट खोप केन्द्र र मिति निर्धारण गरी कोभिड-१९ विरुद्धको अस्ट्राजेनेका र भेरोसेल खोपको पहिलो मात्रा दिने व्यवस्था मिलाएको सूचनामा उल्लेख गरेको छ ।

काठमाडौँको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन पाउने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + one =