लुम्बिनी प्रदेश

केसी र कनौडिया पालैपालो मुख्यमन्त्री, न्यूनतम साझा कार्यक्रम बनाइने

काठमाडौं । लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेसँगै माओवादी केन्द्र र नेपाली कांग्रेसबीच नेतृत्वको विषयमा सैद्धान्तिक सहमति भएको छ । सहमतिअनुसार माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी र कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया पालैपाले मुख्यमन्त्री बन्नेछन् । ‘विपक्षी गठबन्धनमा सैद्धान्तिक सहमति भएको छ,’ कनौडियाले मकालुखबरसँग भने, ‘आधा–आधा कार्यकाल मन्त्री बन्ने सहमति भएको छ । यहीअनुसार हामी चल्छौँ ।’

कनौडियाकाअनुसार केसी फागुन २ गतेसम्म मुख्यमन्त्री बन्नेछन् भने त्यसउता कनौडिया मुख्यमन्त्री बन्दैछन् । नयाँ सरकार चाँडै बन्ने दाबी कनौडियाले गरेका छन् । ‘पर्सिसम्ममा सरकार सरकार बन्नेछ,’ कनौडियाले भनेका छन्, ‘हामी त्यसकै लागि जुटेका छौँ ।’

केन्द्रीय गठबन्धनअनुसारको सरकार बन्न लागेको लुम्बिनीमा सन्तुलित सरकार बन्ने कनौडियाको दाबी छ । ‘पावर सेयरिङ्ग मात्रै होइन,’ कनौडियाले भनेका छन्, ‘यहाँ सन्तुलित सरकार बन्छ, केन्द्रमा बनेको गठबन्धनअनुसारको बैठक बन्छ ।’

न्यूनतम साझा कार्यक्रम बन्ने

केन्द्रमा जस्तै प्रदेशमा पनि न्यूनतम साझा कार्यक्रम (राजनीतिक संयन्त्र) बन्ने कनौडियाले बताए । त्यसका लागि चाँडै कार्यदल बनाएर काम शुरु गर्ने पनि कनौडियाले बताए । ‘केन्द्रीय गठबन्धनअनुसारकै सरकार पनि हो,’ कनौडियाले भने, ‘अब हामी केन्द्रमा जस्तै न्यूनतम साझा कार्यक्र बनाउनेछौँ र त्यसले सरकारलाई चल्न सहज बनाउनेछ ।’

त्यहाँका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार (आज) राजीनामा दिएपछि गठबन्धनको सरकार बन्ने पक्का भएको हो । शुरुमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *