‘सरकार ! पब्जी र फ्री फायर बन्द गरियोस्’

विराटनगर । प्रदेश सभामा सांसदले कोभिड खोपको व्यवस्थापनसँगै अनलाईन खेलहरूसमेत बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । शून्य समयमा बोल्दै प्रदेश सभा सदस्य सुनिताकुमारी चौधरीले पब्जी र फ्री फायरजस्ता अनलाईन खेल बन्द गर्न सरकारलाई आग्रह गरिन् ।

विद्यालय बन्द रहेको अवस्थामा यस्ता खेलले बालबालिका एकोहोरो बनाउने काम गरेकाले सरकारले यी खेललाई बन्द गर्नुपर्ने माग उनले राखिन् ।

‘पब्जी तथा फ्रीफायरजस्ता खेलले युवालाई एकोहोरो बनाउने काम गरेको छ,’ उनले भनिन्, ‘बेरोजगार युवालाई रोगारीको अवसर सिर्जना गरेर रोजगार बनाइनुपर्‍यो ।’ उनले चुरे जंगलमा क्षत विक्षत अवस्थामा भेटिएको त्रियुगा नगरपालिका- ६ की त्रिशला चौधरीको शवबारे जानकारी दिँदै यसको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरिन् ।

प्रदेशसभा सदस्य खिनु लङ्ग्वा लिम्बुले सरकारले नागरिकको लागि खोपको व्यवस्थापन गर्न नसकेको बताइन् । उनले उत्पादनशील जनशक्तिलाई प्राथमिकतामा राखेर खोप दिने व्यवस्था मिलाउन आग्रह गरिन् । ‘अहिले विश्वविद्यालय तथा विद्यालयहरू बन्द छ,’ उनले भनिन्, ‘हरेक १५ दिनको तालिकामा खोपको व्यवस्थापन गरियोस् ।’

खोप व्यवस्थापन गर्नका लागि परीक्षणमा सफल भएको, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोप अनुदानको भन्दा खरिद गरेर व्यवस्थापन गर्न उनले आग्रह गरिन् । साथै उनले १ लाख ५० हजार खोप प्रदेश १ मा कमी आएको अवस्थामा संघीय सरकारसँग माग गर्न प्रदेश सरकारलाई सुझाव दिइन् ।

विशेष समयमा कांग्रेस
प्रदेश सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले साविकको सिसवनी बडहरा गाविस र हालको बुढिगंगा गाउँपालिका- ६ का शिवनारायण माझीले सकुम्बासी आयोगबाट धनीपुर्जा पाएपनि जग्गा नपाएको बताए ।

No description available.

‘शिवनारायण माझी एकजना व्यक्ति‚ जसलाई धनीपुर्जा दिइयो तर‚ जग्गा दिइएन,’ कार्कीको प्रश्न थियो, लालपुर्जा भएर पनि जग्गा नपाएका व्यक्तिहरू कति छन् त्यो थाहा छ ?’ सिसवनी बडहराका करिब ४ सय मानिसले पुर्जा पाएर पनि जग्गा नपाएको प्रमुख सचेतक कार्कीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *