मेलम्ची र इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउने गृहकार्य शुरु

काठमाडौँ । मेलम्ची तथा इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउन मेलम्ची नगरपालिकाले पाँचवटा मेसीन प्रयोगमा ल्याएको छ ।

कुनै समस्या र बाधा/अवरोध नआएमा १० दिनभित्रमा मेलम्ची बजार आसपासको खोलालाई पुरानै धारमा फर्काउन सकिने विश्वास नगरपालिकाले लिएको नगरप्रमुख डम्बर अर्यालले बताए ।

गतअसार १ र त्यसपछि लगातार रुपमा आएको बाढीले मेलम्चीमा मात्र १९७ घरमा क्षति पुगेको छ भने एक हजार २८२ रोपनी खेतीयोग्य जमिनमा नोक्सानी पुगेको बताइएको छ । बाढीका कारण विस्थापित भएका मध्ये कोही टेन्टमा त कोही भाडाको घरमा बस्दै आएका छन् ।

मेलम्ची र हेलम्बुमा बाढीपहिरोमा परेर २० जना हराइरहेका छन् भने ६ जना घाइते भएका छन् । त्यस्तै पाँच जनाको मृत्यु भएको छ ।

बाढीपहिराका कारण मेलम्चीसहित हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा घर, सडक, पुल, खेती र व्यवसाय गरि करोडौं रुपैयाँको क्षति भएको बताइएको छ ।

  • रासस
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *