सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक समीक्षामा पत्रकारलाई प्रवेश निषेध

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा कार्यक्रम बन्द कोठामा भएको छ । कार्यक्रममा पत्रकारलाई निषेध गरिएको छ ।

बिहान ११ बजेदेखि सुरू भएको कार्यक्रममा पत्रकारलाई फोटो खिच्नमात्र अनुमति दिइएको छ । फोटो खिचिसकेपछि पत्रकारलाई बाहिर जान भनिएको छ ।

वरिष्ठ पत्रकार चित्राङ्ग थापाले समीक्षा कार्यक्रममा पत्रकारलाई बस्न नदिनु दुर्भाग्यपूर्ण भएको बताए । ‘समीक्षा कार्यक्रममा पत्रकारलाई बस्न नदिने हो भने समीक्षा कसका लागि हो ?’ उनको प्रश्न छ ।

समीक्षा कार्यक्रममा सातवटा मन्त्रालयका मन्त्री, राज्यमन्त्री, प्रदेश सचिव, सातवटै मन्त्रालयका सचिव, सूचना अधिकारीलगायतको सहभागिता छ ।

सरकारी निकायका हरेक समीक्षा कार्यक्रम सार्वजनिक हुने गरेका भएपनि सुदूरपश्चिम प्रदेश सरकारले भने पत्रकारलाईसमेत प्रवेश अनुमति दिने गरेको छैन ।

प्रदेश सरकारले आन्तरिक समीक्षा भन्दै पत्रकारलाई प्रवेशमा रोक लगाउने गरेको छ । सार्वजनिक रुपमा समीक्षा कार्यक्रम गर्ने गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *