होटेलको लिफ्टमा खेल्न गएका बालक अनाहकमा कुटिए

जनकपुरधाम । होटेलको लिफ्टमा खेल्न गएका बालकमाथि होटेल गायत्री कुञ्ज अतिथि सदनका कर्मचारीहरुले निर्घात कुटपीट गरेका छन् । जनकपुर उपमहानगरपालिका-५ स्थित जानकी मन्दिरको छेउमै टाँसिएर अमरनाथ गुप्ताद्वारा सञ्चालित सो होटेलको लिफ्टमा मंगलबार साँझ खेल्न पुगेका १३ वर्षीय बालक आदित्य ठाकुरलाई होटेल कर्मचारीले निर्घात कुटपिट गरेका थिए ।

बालक ठाकुर लिफ्टमा खेल्न गएको बेला सञ्चालक अमरनाथ गुप्ताकै निर्देशनमा दुईजना कर्मचारीले लिफ्ट बन्द गरी बालकलाई मारसन्न हुने गरी कुटपिट गरेको स्थानीयले बताए । लिफ्ट बन्द गरी बालकलाई कुटपिट गरिरहँदा बालक छट्पटाई रहेको अवस्थामा स्थानीयले देखेपछि ती बालकलाई स्थानीयले बचाएका थिए ।

छोरालाई बचाउन पुगेका बुवा संजय ठाकुरलाई समेत होटेल सञ्चालक गुप्ताको निर्देशनमा कुटपिट संजयले आरोप लगाए । कुटपिटबाट घाइते बालकको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ ।

सञ्चालकसहित तीन पक्राउ
लिफ्टमा खेल्न गएका बालकलाई अनाहकमा कुटपिट गरेको आरोपमा प्रहरीले होटेल सञ्चालकसहित तीनजनालाई पक्राउ गरेको छ । होटेल सञ्चालक अमरनाथ गुप्तासहित होटेलकै अन्य दुईजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।

कुटपिट गर्ने गायत्री कुञ्ज अतिथि सदनका सञ्चालक अमरनाथ गुप्ता, सोही होटेलका कर्मचारी महोत्तरी मनरा सिस्वाका ३३ वर्षीय रामपुकार ठाकुर र ३८ वर्षीय सुुभाष कुमार साहलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *