नाडाको साधारण सभा र निर्वाचन स्थगित
२०७८ साउन २६ गते

काठमाडौँ । नाडाको ४५ औँ वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले भदौ २५ गते तोकिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औँ वार्षिक साधारण सभा तथा २१ औँ निर्वाचन स्थगित गरिएको जनाएको हो ।
साथै नाडाले काठमाडौँ जिल्ला प्रशासन कार्यलयले कोभिड-१९ को संक्रमणदर दिन प्रतिदिन बढ्दै गएकाले तेस्रो लहरसमेत आउन सक्ने भन्दै सभा र सम्मेलन आदि गर्न नपाउने विषयमा सार्वजनिक सूचना जारी गरेको भन्दै सो साधारण सभा तथा निर्वाचन स्थगित गरेको जनाएको छ ।
२०७८ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित








