जयसिंह धामीबारे तत्काल जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले तुइन चुँडिएर महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीबारे यथासक्य छिटो संसदलाई जानकारी  गराउन रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले घटनाबारे यथाशक्य चाँडो संसदलाई जानकारी गराउन रुलिङ् गरेका हुन् ।

गत साउन १५ गते जिल्ला सदरमुकाम खलंगा आउन तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि व्याँस गाउँपालिका- २ मालगाउँका जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए । तुइँन तर्ने क्रममा त्यहाँबाट खसेका धामीको अवस्था अझै थाहा हुन सकेको छैन ।

नेपाल-भारत सीमाको महाकाली नदीमा लगाइएको तुइनकाे डोरी भारतीय सीमा सुरक्षा बलले झिकिदिएकाले धामी नदीमा झरेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् ।

यो पनि : दार्चुला तुइन घटना : के गर्दैछ छानबिन समिति ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =