कैलालीमा वडाध्यक्षसहित दुईजना हतियारसहित पक्राउ

धनगढी । कैलालीमा वडाध्यक्षसहित दुई जनालाई प्रहरीले हतियारसहित पक्राउ परेका गरेको छ ।

प्रहरीले जिल्लाको कैलारी गाउँपालिका-९ का वडाअध्यक्ष खेमराज चौधरी र धनगढी उपमहानगरपालिका-२ का ४६ वर्षीय मोहितकुमार शाहलाई पक्राउ गरेको हो ।

शाहले चलाइरहेको बा १७ च १३१२ नम्बरको जीपलाई चेकजाँच गर्ने क्रममा जीपभित्र लुकाई राखिएको अवस्थामा बाह्रबोर १, त्यसको कार्टिज १ र पोइन्ट टु-टु १ थान र त्यसमा लाग्ने १० राउण्ड गोलीसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले उनीहरूलाई सोमबार राति गौरीगंगा नगरपालिका-९, शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको अवस्थामा पक्राउ गरेको हो ।

अधिकारीका अनुसार जीपमा धनगढी उपमहानगरपालिका-१ का ४६ वर्षीय रुपक मल्ल र कैलारी गाउँपालिका-९ बस्ने वर्ष ३३ का योगेन्द्रबहादुर देउवा पनि सवार थिए ।

चौधरी र शाह दुवैलाई पक्राउ गरी हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *