दिउँसो र राति यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । अहिले अधिकांश क्षेत्रमा बदली रही प्रदेश १, २, बागमतीर गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव रहेकोले बदली भइरहेको हो ।

  • हेर्नुहोस् पूर्वानुमान :-

साउन २६ गते मंगलबार (आज)
दिउँसोः केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

रातिः केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १  र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

साउन २७ गते बुधबार
दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र  लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

रातिः केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १  र प्रदेश नं २ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

साउन २८ गते बिहीबार
दिउँसोः देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

रातिः देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छः देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले  पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *