कर्णालीमा डुङ्गा दुर्घटना हुँदा बेपत्तामध्ये एकजनाको शव फेला

धनगढी । साउन १७ गते कर्णाली नदीमा डुङ्गा दुर्घटना हुुँदा बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ ।

कैलालीको मोहन्याल गाउँपालिका–३ स्थित कर्णाली नदीमा डुङ्गा दुुर्घटना हुँदा बेपत्ता भएका तीनजनामध्ये सोही ठाउँकी २० वर्षीया उर्मिला सलामीमगरको शव फेला परेको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महिलाको शव आइतबार लम्कीचुहा नगरपालिका–३ स्थित कर्णाली नदीको बीच भागमा फेला परेको हो । महिलाको शव उनका श्रीमान् करन सलामीमगरले सनाखत गरेका हुन् ।

मोहन्याल गाउँपालिकाबाट बच्चालाई खोप लगाउन सुर्खेतको चौकुनेस्थित स्वास्थ्य संस्थामा जाने क्रममा कर्णाली नदीमा डुङ्गा दुर्घटना भएको थियो ।

दुुर्घटनामा परेर मोहन्याल गाउँपालिका–३ की २० वर्षीया उर्मिला सलामीमगर, उनको १० दिनका छोरा र सोही ठाउँकी २० वर्षीया पार्वती थापा बेपत्ता भएका थिए । बेपत्ता नाबालकसहित दुई जनाको अवस्था अझै अज्ञात छ । दुर्घटनामा परेर घाइते भएकी सोही ठाउँकी धनसरा सलामीमगरको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *