एमालेको विधान संशोधन प्रस्ताव : अध्यक्ष मात्रै निर्वाचित, स्थायी कमिटी खारेज

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्नेगरी विधान संशोधन प्रस्ताव अघि सारेको छ । जसअनुसार १३ जना पदाधिकारीहरु रहनेछन् । यस्तै स्थायी कमिटी खारेज गरेर सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी मात्रै हुनेछन् ।

सोमबार (आज) तुल्सीलाल स्मृति भवनमा बसेको एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठले सो प्रकृतिको प्रस्ताव अघि सारेको हो । यो प्रक्रिया तल्लो तहसम्मै रहने प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए । ज्ञवालीकाअनुसार प्रस्तावित विधानमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र ७ सचिव हुने उल्लेख छ । उनीहरुमध्ये अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुनेछन् भने अरु केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्था गरिएको छ ।

हाल एमालेमा अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव रहने व्यवस्था छ र सबै महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ । तर, यो व्यवस्थालाई सच्याउँदै एमाले तत्तत्खालको व्यवस्थालाई अघि सारेको हो ।

यसैगरी स्थायी कमिटी खारेज गर्ने, पोलिटब्यूरो र २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्तावित विधानमा उल्लेख छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले प्रस्तुत गरेको प्रस्तावमा प्रदेश, जिल्ला र स्थायी तहका कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई सहसचिव रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *