पर्खालसहित लडेर एकजनाको मृत्यु, एक घाइते
२०७८ साउन २५ गते

सुनसरी । घर निर्माणको क्रममा सुनसरीमा पर्खालसहित लडेर एकजनाको मृत्यु भएको छ । कोशी गाउँपालिका-५ कुम्याई बस्ने मलसुहुद्दिन मियाको बन्दै गरेको नयाँ घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खालसहित लड्दा एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ईनरुवा नगरपालिका- १० जल्पापुरका ३७ वर्षीय ईशादिल अन्सारी रहेको प्रहरीले जनाएको छ ।
घटनामा देवानगंज गाउँपालिका- ३ का २४ वर्षीय मो. सतार अन्सारी घाइते भई जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
२०७८ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित








