कर्मचारी कुटपिटप्रति दुई कर्मचारी संगठनको आपत्ति

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले गाउँपालिका कार्यालयमै लेखापाल सुजन थापामाथि हातपात गरेकोप्रति दुई कर्मचारी संगठनले आपत्ति जनाएका छन् ।

गैरकानुनी कार्य जबरजस्ती गराउन खोजेको भन्दै कर्मचारी नेपाल निजामति कर्मचारी युनियन केन्द्रीय कार्यसमिति र नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमितl तेह्रथुमले आपत्ति जनाएका हुन् ।

कुटपिटमा संलग्न अध्यक्ष मानबहादुर लिम्बु, कृष्ण चौलागाईं र नन्दकुमार दर्नालसहित घटनामा संलग्नलाई जबरजस्ती कुटपिट गर्दै ज्यान मार्न धम्की दिएकोप्रति अविलम्ब पक्राउ गर्न माग गरेका छन् ।

साथै स्थानीय तहमा कार्यरत निजामति कर्मचारीको शान्ति सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्न पनि कर्मचारी युनियन केन्द्रीय कार्यसमितीले माग गरेको छ ।

यस्तै यस घटनालाई कोहि कसैबाट सत्ता र शक्तिको आडमा ढाकछोप गर्नेजस्तो काम गरेमा युनियनले थप कडा कदम चाल्ने पनि कर्मचारी युनियन जिल्ला कार्यसमितिले चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *