जसपा विवाद

अध्यक्षबाट हटे महन्थ, निर्वाचन आयोगले गर्‍यो उपेन्द्र पक्षको अभिलेखीकरण

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालको पार्टी आधिकारिकता पाएको उपेन्द्र यादव पक्षका ३५ जना केन्द्रीय कार्यकारिणी समितिलाई आधिकारिक रुपमा अभिलेखीकरण गरेको छ । यो अभिलेखीकरणसँगै अर्का अध्यक्ष महन्थ ठाकुर अध्यक्ष पदबाट हटेका छन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार यादवको पक्षमा उभिएका ३५ जनालाई अभिलेखीकरण गरिएको हो । यससँगै जसपाको आधिकारिक कार्यकारिणी ३५ सदस्यीय भएको छ ।

यसपछि आज बसेको जसपाको बैठकले पनि ठाकुर अध्यक्ष पदमा नरहेको बताएको छ । ठाकुरसहित जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, लक्षमणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललगायतका नेताहरु अब साधारण सदस्य मात्रै रहेका छन् ।

गत साउन ११ गते जसपाको आधिकारिता विवाद मिलाउनका लागि आयोगले ‘हेड् काउन्ट्’ का लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो । जहाँ, यादवको पक्षमा ३४ सदस्य देखिएका थिए भने ठाकुर पक्षमा १६ सदस्य मात्रै पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *