परीक्षाअघि विद्यार्थीलाई खोपको व्यवस्था गर्न पाँच विद्यार्थी संगठनको माग

काठमाडौँ । पाँच विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा परीक्षा सञ्चालन गर्नुपूर्व सम्पूर्ण विद्यार्थीलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपाल विद्यार्थी संघ‚ अखिल (क्रान्तिकारी)‚ अनेरास्ववियू‚ समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँले देशका सबै परीक्षा केन्द्रमा सम्पूर्ण विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् ।

आफूहरूले विश्वविद्यालयको जनशक्ति र विद्यार्थीलाई खोप लगाएर तथा स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सुचारू गर्न माग गरेको भन्दै परीक्षाअघि सबै विद्यार्थीलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।

No description available.

‘देशभरका विद्यार्थीहरूलाई खोप नलगाएको र स्वास्थ्य मापदण्ड अपनाउन नसकेका कारण कोरोना संक्रमणको जोखिम बढेको छ‚’ ज्ञापनपत्रमा भनिएको छ‚ ‘परीक्षा दिने विद्यार्थीहरूलाई मानसिक तनाव थपिएको छ भने परीक्षा हलमा असुरक्षा महसुस भएका कारण परीक्षा पनि प्रभावकारी भएको छैन ।’

ज्ञापनपत्रमा नेवि संघका अध्यक्ष राजिव ढुंगाना‚ अखिल (क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङ‚ अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली‚ समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल (छैठौँ) का अध्यक्ष विमल पोखरेलले हस्ताक्षर गरेका थिए ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *