एसईई दिएका विद्यार्थीहरूका लागि नेपाल टेलिकमको एसईई अफर

काठमाडौँ । नेपाल टेलिकमले एसईई दिएका विद्यार्थीहरूका लागि एसईई अफरसहितको सीम एसईई स्टुडेन्ट सीम उपलब्ध गराउने भएको छ ।

उक्त सीम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट निःशुल्क उपलब्ध हुने टेलिकमले जनाएको छ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सीम छ भने सोही सीममा यी अफरहरू उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ ।

नयाँ सीम प्राप्त गर्नका लागि विद्यार्थीहरूले कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।

सीम लिइसकेपछि स्टुडेन्ट रजिस्ट्रेसन प्याक एप प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट १६०० मा डायल गरी प्राप्त निर्देशनबमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्ने टेलिकमले जनाएको छ ।

उक्त स्टुडेन्ट रजिस्ट्रेसन प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिनेछ ।

यसअन्तर्गत ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । उल्लिखित सुविधाहरू नेपाल टेलिकमको नेटवर्कमा मात्र लागू हुनेछन् ।

विद्यार्थीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा स्टुडेन्ट रजिस्ट्रेसन प्याक सुविधा उपयोग गर्नुपरेमा प्रयोग गरिरहेको मोबाइलबाट १६०० मा डायल गरी प्राप्त निर्देशनबमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ ।

यो अफर दैनिक बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बताइएको छ ।

हाललाई एसईई अफरसहितको नयाँ सीम तीन महिनासम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *