मृत अवस्थामा ३ जना फेला

काठमाडौँ । आइतबार छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

प्युठान,कैलाली र झापामा मृत अवस्थामा फेला परेका हुन । प्यूठान नगरपालिका-४ विजुवारस्थित झिमरुख खोलमा सोही नगरपालिका-१० सारीवाङ बस्ने २२ वर्षीय सागर केसी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, लम्कीचुहा नगरपालिका-३ स्थित कर्णाली नदीमा हाल नाम, थर, वतन, नखुलेकी करिब ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, झापा गाउँपालिका-५ बिरिङ खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =